मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले नेताहरूलाई गुमराहमा राखेर यसरी विद्यालाई उत्तराधिकारी बनाउँदैछन् ओली

barnanmedia.com · Sat Jun 28 23:02:21 GMT 2025

एमालेमा केपी शर्मा ओलीपछि उत्तराधिकारीका रुपमा हेरिएका दुई नेता हुन्, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंक। पोखरेल। दुबै ओलीका निकटतम भएर काम गरिरहेका छन्। ओली नेतृत्वको मन्त्रिपरिषद्मा पौडेल उपप्रधान एवं अर्थमन्त्री छन् भने पोखरेल महासचिव भएर ओलीलाई सघाइरहेका छन्। अर्थात पौडेल सरकार र पोखरेल पार्टीमा रहेर सघाइरहेका छन्।

एमालेमा ७० वर्षे उमेर हद निलम्बनमा रहे पनि सम्भवतः आगामी महाधिवेशनमा ओली नेतृत्वका लागि दाबी नगर्ने अडकलबाजीका बीच स्वतः पौडेल र पोखरेलबीच हानथाप भइरहेको थियो। एमालेमा ओलीको विकल्प अरु छैन तर त्यसपछि पौडेल वा पोखरेलमध्ये एउटा हुन् भनिएका बेला रहस्यमय ढंगबाट नयाँ पात्र खडा गरिएको छ। ती हुन् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी। नेपथ्यमा भण्डारीले ओलीलाई चुनौती दिएको देखिन्छ। ओलीले भण्डारीलाई कटाक्ष गरिहन्थे। बाहिर के भनिन्छ भने भण्डारीले ओलीलाई चुनौती दिइरहेकी छन् पौडेल खेमा मात्र होइन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि साथ छ। उद्देश्य हो, नेकपा ब्यूताउने।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)