पूर्वराष्ट्रपति भण्डारीले एमालेको सक्रिय औपचारिक पुनरागमन
barnanmedia.com · Sat Jun 28 23:15:01 GMT 2025

काठमाडौं।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा औपचारिक पुनरागमन गरेकी छन्। जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले एमाले परिवारमा पुनः सहभागी भएको घोषणा गरिन्।
भण्डारीले भनिन्, “अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु। मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन। देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)