प्युठान जिल्लामा शनिबार साँझदेखि भारी वर्षा जारी
barnanmedia.com · Sat Jun 28 23:20:32 GMT 2025

प्युठान जिल्लामा शनिबार साँझदेखि भारी वर्षा जारी रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार जिल्लाको सेउलिबाङ वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा १९६.६ मिलिमिटर वर्षा मापन गरिएको छ।
भारी वर्षाका कारण ससाना खोलानालामा आकस्मिक बहावको जोखिम रहेकाले महाशाखाले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ। जोखिम बढ्न थालेपछि केही स्थानहरूमा साइरनसमेत बज्न थालेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)