मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिक्षक अभावले पढाई प्रभावित भएको भन्दै विद्यार्थी र अभिभावकले सात दिने अल्टिमेटम दिँदै विद्यालयमा तालाबन्दी गरे

nepalghatana.com · Sun Oct 16 16:31:00 GMT 2022

उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँस्थित जनता माद्यामिक विद्यालय रसुवामा शिक्षक अभावले पढाई प्रभावित भएको भन्दै विद्यार्थी र अभिभावकले सात दिने अल्टिमेटम दिँदै विद्यालयमा तालाबन्दी गरेका छन् ।

स्थानीय राजनीतिक दलसहित अभिभावक तथा विद्यार्थीले विद्यालयमा विषयगत शिक्षक अभाव रहेको भन्दै आइतबार दिउँसो ३ बजेदेखि विद्यालयमा तालाबन्दी गरेका हुन् । विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र वडा कार्यालयलाई विद्यालयमा विषयगत शिक्षक व्यवस्थापन गर्न पटक-पटक माग गर्दासमेत सुनुवाइ नभएपछि स्थानीय खिलाराज राईको नेतृत्वमा स्थानीय राजनीतिक दल तथा अभिभावक, विद्यार्थीले सात दिनभित्र विषयगत शिक्षक व्यवस्था गर्न माग गर्दै माग पत्र बुझाएर तालाबन्दी गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)