६ लेन सडक गुमाउँदै धरान
rajdhanidaily.com · Sat Jun 28 23:33:04 GMT 2025

इटहरी । बहुप्रतीक्षित विराटनगरको रानीदेखि धरानसम्मको ४९ किलोमिटर ६ लेन सडक योजनामध्ये धरानमा भने काम अनिश्चित बनेको छ । निर्माणको कामका लागि हालसम्म छलफलसमेत भएको छैन ।
यो योजना पहिलोपटक आर्थिक वर्ष २०६९–७० मा सुरु गरिएको हो । कुल लागत लगभग १० अर्ब १७ करोड रुपैयाँ अनुमान गरिएको छ । विराटनगरको रानीदेखि धरानको जिरो प्वाइन्टसम्मको ४९ किलोमिटर सडकमध्ये हालसम्म ४४.२७५ किलोमिटर सडकमा ठेक्का लागेर काम भइरहेको छ । जसमध्ये कतिपय ठाउँमा पूर्ण रूपमा काम सम्पन्न भइसकेको छ । तर, धरान क्षेत्रमा ५ किलोमिटर सडक भने अझै अनिश्चित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)