मणिपुरमा फेरि भड्कियो हिंसा, तीन जनाको गोली हानी हत्या
annapurnapost.com · Fri Jun 05 11:23:45 GMT 2026

भारत : भारतको उत्तर–पूर्वी राज्य मणिपुरमा फेरि हिंसात्मक घटना भएको छ । राज्यको काङपोकपी जिल्लामा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ ।
काङपोकपी प्रहरी थानाका प्रभारी मिन किपगेनका अनुसार शुक्रबार बिहान करिब ४ बजे हतियारधारी संदिग्ध उग्रवादीहरूले लोइबोल खुलेन गाउँमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए, जसमा तीन जनाको ज्यान गएको हो । उनले बताएअनुसार आक्रमणकारीहरूले केही घरमा आगजनी समेत गरेका थिए । हाल प्रहरीले आसपासका क्षेत्रमा आक्रमणकारीहरूको खोजी अभियान सञ्चालन गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)