प्रदेशभरिका बिरामीको भरोसा बन्दै रत्ननगर अस्पताल
nepalsamaya.com · Tue Jun 16 11:43:56 GMT 2026

भक्तपुर। बागमती प्रदेशअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–२ स्थित टाँडी बजारको उत्तरतर्फ अवस्थित बकुलहर रत्ननगर अस्पताल यतिखेर स्थानीयवासीका लागि मात्रै नभई मध्यम र निम्न वर्गका माझी समुदायदेखि राउटे बस्तीका बिरामीसमेतका लागि स्वास्थ्य उपचारमा बरदान बनेको छ।
पूर्वपश्चिम राजमार्गबाट करिब ५० मिटरको दूरीमा पूर्वी चितवनको टाँडी बजारमा स्थानीयको मन र विश्वास जित्दै अगाडि बढिरहेको अस्पताल हो बकुलहर रत्ननगर अस्पताल। भरतपुरबाट ११ किमी दूरीमा रहेको यस अस्पताल पूर्वी चितवनको एकमात्र प्रदेशअन्तर्गतको जिल्ला अस्पताल हो। विसं २०२४ मा बकुलहर स्वास्थ्यचौकीको नाममा स्थापना गरिएको स्वास्थ्यचौकीलाई नेपाल सरकारले २०६५ सालमा सेवा विस्तार गरी १५ शय्याको जिल्ला अस्पतालका रूपमा सञ्चालनमा ल्याएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)
काठमाडौँ