‘डन-३’ विवादबीच रणवीर सिंहले ९ करोड ६० लाख रुपैयाँको नयाँ फरारी लिएर सडकमा निस्किए
kalakarmi.com · Tue Jun 16 11:41:05 GMT 2026

मुम्बई- बलिउड अभिनेता रणवीर सिंह पछिल्ला दिनहरूमा आफ्नो फिल्म मात्र होइन, निजी जीवन र नयाँ लक्जरी कारका कारण पनि लगातार चर्चामा छन् । ‘डन ३’ विवाद सेलाउन नपाउँदै अभिनेता फेरि आफ्नो नयाँ सुपरकारलाई लिएर सामाजिक सञ्जालमा भाइरल बनेका छन्।
मुम्बईको सडकमा रणवीर सिंहलाई आफ्नो चम्किलो नयाँ फरारी चलाइरहेको अवस्थामा देखिएको भिडियो सार्वजनिक भएपछि फ्यानहरूबीच उत्साह थपिएको छ। रिपोर्टअनुसार उनले हालै फरारी २९६ जीटीबी खरिद गरेका हुन्, जसको मूल्य करिब ९ करोड ६० लाख रुपैयाँ रहेको बताइएको छ। यो कार उनको कार कलेक्सनमै सबैभन्दा महँगो र चर्चितमध्ये एक मानिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)