बकैयामा २९ टन खरबुजा उत्पादन
barnanmedia.com · Tue Jun 16 11:33:44 GMT 2026

बाग्लुङको काठेखोला गाउँपालिका–२ मा स्थायी घर भई हाल काठमाडौँ महापालिका–२६ सामाखुसी बस्ने चुडामणि गौतम दम्पती स्थानीय बकैया गाउँपालिका–७ हात्तीखोलामा जग्गा भाडामा लिएर केही समयदेखि ड्राइगन र खरबुजाखेती गर्दै आउनुभएको छ ।
कृषि उद्यमी गौतमले हाल उक्त जग्गाबाट उत्पादित करिब २९ टन खरबुजा चितवनको नारायगढ र हेटौँडाका बजारमा बिक्री गर्नुभयो । उहाँले त्यसबाट रु ११ लाख ३८ हजार रकम आम्दानी गरिएको राससलाई बताउनुभयो । सो खरबुजा हेटौँडा र भरतपुरमा प्रतिकेजी रु ३० सम्म बिक्री गरेको गौतमले बताउनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)