जेठमा घर जग्गा कारोबारबाट उठ्याे पाँच अर्ब २४ करोड राजस्व
shilapatra.com · Tue Jun 16 11:40:00 GMT 2026

देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ रुपैयाँबराबरकाे राजस्व संकलन गरेका छन् ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका १३८ भूमि प्रशासन कार्यालयले सेवा करबाट २८ करोड ६६ लाख ३२ हजार ५६० रुपैयाँ संकलन गरेको छ ।
यस्तै, रजिष्ट्रेसन दस्तुरबाट दुई अर्ब ७८ करोड ५१ लाख १६ हजार २२६, पुँजीगत लाभकरबाट दुई अर्ब १२ करोड ३१ लाख ४२ हजार ६४४ रुपैयाँ संकलन गरेको छ ।
विभागका अनुसार भूमि प्रशासन कार्यालय डिल्लीबजारले ३४ करोड ४४ हजार, टोखाले १० करोड ९९ लाख २३ हजार, चाबहिलले ३१ करोड ४२ लाख १९ हजार रुपैयाँबराबरको राजस्व संकलन गरेको छ ।
विभागका अनुसार गत वैशाख महिनामा देशभरका मालपोत कार्यालयहरूले कुल छ अर्ब २६ करोड ३८ लाख २९ हजार रुपैयाँबराबरको राजस्व संकलन गरेका थिए ।
यस्तै, गत चैतमा कुल छ अर्ब १६ करोड ५७ लाख ५० हजार ११७ राजस्व संकलन गरेका थिए । त्यस्तै, गत फागुनमा चार अर्ब १४ करोड ९५ लाख ४८ हजार र गत माघमा पाँच अर्ब ९९ लाख २४ हजार ५३६ रुपैयाँबराबरको राजस्व संकलन भएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार २, २०८३
१७:२५
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)