पोखरामा ‘अपरेसन ३६५’, ६७५ मोटरसाइकल समातिए
baahrakhari.com · Thu Apr 30 18:17:00 GMT 2026

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’अन्तर्गत हालसम्म ६७५ मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाइ) गरी चर्को आवाज निकाल्ने, ध्वनी प्रदूषण गर्ने तथा शान्ति सुव्यवस्थामा खलल पार्ने कार्य रोक्नका लागि प्रहरीले गत असोज २७ गतेदेखि जिल्लाभर लागु हुनेगरी ‘अपरेसन ३६५’ सञ्चालन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)