सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टद्वारा बाढी पीडितका लागि एक करोड एघार लाख सहयोग
ajakoartha.com · Tue Sep 08 11:02:00 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले सर्वोत्तम सिमेन्ट तथा जगदम्बा सिमेन्टद्वारा संयुक्त रूपमा एक करोड एघार लाख एघार हजार एक सय एघार रुपैया (रु. १,११,११,१११) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको छ ।
कम्पनीको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत दिवस न्यौपाने, संचालक टिकाराम न्यौपाने, पूर्व–संचालक बिमल कुमार सावर्थिया, पूर्व–संचालक तेन्जिन लाक्देन, प्रमुख सञ्चालन अधिकृत नवीन प्रकाश अधिकारी तथा कम्पनी सचिव कमल कुमार भारतीले उक्त सहयोग रकमको चेक माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्ले मार्पmत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि प्रदान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)