मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नक्कली रसिद बनाएर राजस्व छली गरेको आरोपमा लेखनदास पक्राउ

onlinekhabar.com · Sat May 23 16:15:22 GMT 2026

९ जेठ, काठमाडौं । पर्सामा एक जना लेखापढी व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्जस्थित शुभलाभ लेखापढीका सञ्चालक ओमप्रकाश यादव रहेका छन् ।

प्रहरीका अनुसार भूमि प्रशासन कार्यालय, पर्सामा नक्कली रसिद प्रयोग गरी सरकारी राजस्व छली गरेको यादवमाथि आरोप छ । यादवले नक्कली रसिद प्रयोग गरी राजस्व छली गरेको भन्दै भूमि प्रशासन कार्यालय, पर्सामा उजुरी परेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय