लक्ष्य १५ खर्बको थियो, ११ खर्ब पनि उठेन संघीय राजस्व
nepalbahas.com · Tue Jun 16 11:48:32 GMT 2026

लक्ष्य १५ खर्बको थियो, ११ खर्ब पनि उठेन संघीय राजश्व
२ असार, काठमाडौं । संघीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजश्वतर्फ १० खर्ब ७९ अर्ब ६३ करोड ४७ लाख संकलन गरेको छ । सरकारले चालु आर्थिक वर्षभरिमा राजश्व शीर्षकहरुमा १४ खर्ब ८० अर्ब संकलन गर्ने लक्ष्य राखेको थियो ।
चालु आवको ११ महिनामा सबै शीर्षकमा संकलन गर्ने लक्ष्यको ७३ दशमलव ०६ प्रतिशत मात्रै संकलन भएको महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणमा उल्लेख छ । संघीय सरकारले कर राजश्व शीर्षकमा १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख संकलन गर्ने लक्ष्य राखेमा ११ महिनाको अवधिमा भने लक्ष्यको ७४ दशमलव ०३ प्रतिशत अर्थात् ९ खर्ब ७९ अर्ब ६८ करोड ७८ लाख संकलन भएको छ ।
सरकारले चालु आवको ११ महिना गैरकर राजश्वतर्फ एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख सङ्कलन गर्ने लक्ष्य राखे पनि सो अवधिमा लक्ष्यको ६४ दशमलव ७३ प्रतिशत अर्थात् रु ९९ अर्ब ९४ करोड ६९ लाख संकलन गरेको छ ।
त्यस्तैगरी, चालु आवमा अनुदानतर्फ ५३ अर्ब ४४ करोड ६९ लाख संकलन गर्ने लक्ष्यमा सो अवधिमा भने लक्ष्यको ४२ दशमलव ८२ प्रतिशत अर्थात् २२ अर्ब ८८ करोड ५९ लाख मात्रै संकलन भएको छ ।
महालेखा नियन्त्रक
राजस्व
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
यो वर्ष पूँजीगत बजेट ४ खर्ब ७ अर्ब ८८ करोड थियो, ११ महिनामा ३२ प्रतिशत मात्रै खर्च भयो
असार १, २०८३ सोमबार
मधेश प्रदेशको बजेट ४१ अर्ब १३ करोड ८६ लाख, कर्मचारीको तलब १० प्रतिशत बढाइयो: पूर्णपाठसहित
असार १, २०८३ सोमबार
सांसदलाई नै ब्ल्याकमेलिङ गर्दै अर्थमन्त्री वाग्ले, ‘तपाईंहरूका काण्ड पनि खुल्नेछन्’
जेठ २८, २०८३ बिहिबार
नेपालबहस ट्रेन्डिङ
धितोपत्र काण्डमा ८१ जनाको सम्पत्ति रोक्का, सीआईबीको गोप्य पत्र सार्वजनिक
इन्द्र रिजाल
जेठ ३१, २०८३ आइतबार
मधेश सरकारले १० प्रतिशत बढायो कर्मचारीको तलब
नेपालबहस संवाददाता
असार १, २०८३ सोमबार
सरकार नङग्याउने कैलाली घटना, भिरबाट खसालेको टेम्पो बिग्रिएको प्रमाणित गर्ने प्रयासमा डिभिजन वन
नेपालबहस संवाददाता
जेठ ३१, २०८३ आइतबार
नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहसमा विस्वास पात्रबाटै ओलीलाई धोका, केन्द्रीय कमिटी भारी पर्नसक्ने
नेपालबहस संवाददाता
जेठ ३१, २०८३ आइतबार
Tweets by nepalbahas
लोकप्रिय
१
देशका विभिन्न स्थानबाट लागूऔषधसहित ४३ जना पक्राउ
असार १, २०८३ सोमबार
२
यो वर्ष पूँजीगत बजेट ४ खर्ब ७ अर्ब ८८ करोड थियो, ११ महिनामा ३२ प्रतिशत मात्रै खर्च भयो
असार १, २०८३ सोमबार
३
टेलिकमको बिलिङमा नयाँ खेल, प्रधानमन्त्री सचिवालयका व्यक्तिको भूमिकामाथि प्रश्न
असार २, २०८३ मंगलबार
छुटाउनुभयो कि?
पातमा सपनाको चित्र कोर्दै माेरङका गौरव ढुङ्गाना
असार २, २०८३ मंगलबार
लक्ष्य १५ खर्बको थियो, ११ खर्ब पनि उठेन संघीय राजश्व
असार २, २०८३ मंगलबार
प्रचण्ड गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित
असार २, २०८३ मंगलबार
अपमानको राजनीति: संसदको अस्तित्व समाप्त पार्दै, घृणाको ज्वाला दन्काउँदै
असार २, २०८३ मंगलबार
चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व संकलन
असार २, २०८३ मंगलबार
समितिको बैठकमा अनुपस्थित हुनुको कारणसहित पूर्वाधार विकास मन्त्री लम्सालसँग स्पष्टीकरण मागिने
असार २, २०८३ मंगलबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ
स्वर्णिम वाग्ले
मधेस प्रदेश