कामना सेवा विकास बैंकद्वारा स्कुल ब्याग वितरण
annapurnapost.com · Tue Jun 16 11:50:53 GMT 2026

कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बुटवलमार्फत बुटवल माध्यमिक विद्यालयलाई स्कुल ब्याग वितरण गरेको छ।
बैंकको बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले बुटवल माध्यमिक विद्यालयमा अध्ययनरत ७० जना गरिब तथा विपन्न समुदायका बालबालिकाहरूलाई स्कुल ब्याग वितरण गरेका छन्। कार्यक्रममा बोल्दै बुटवल क्षेत्र प्रमुख आचार्यले प्रारम्भिक तहमा अध्ययनरत बालबालिकाहरूको शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै स्कुल ब्याग सहयोग गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)