मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

टोखाका सबै वडामा मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’ सञ्चालन गरिने

ratopati.com · Thu Apr 30 19:31:44 GMT 2026

काठमाडौँ । टोखा नगरपालिकाले सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । टोखा नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी नगरपालिकाभित्रका ११ वडामा वैशाख २० गतेदेखि निःशुल्क स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।

नगरप्रमुख प्रकाश अधिकारीले यसअघि अस्पताल र स्वास्थ्य केन्द्रमा मात्र सीमित रहेको यो कार्यक्रमलाई यस वर्षदेखि अझ प्रभावकारी बनाउन वडा वडामा विस्तार गर्न लागिएको जानकारी दिए । उनले वैशाख २० गते वडा नं ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यस वर्षको कार्यक्रम शुभारम्भ गरिने बताए । त्यसपछि प्रत्येक वडामा तीन तीन दिनको तालिका बनाएर स्वास्थ्य सेवा उपलब्ध गराइने नगरपालिकाले उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)