मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सडक डिभिजन जुम्लाको चालु आवको ९ महिनामा पुँजीगत खर्च २६ प्रतिशत

ratopati.com · Thu Apr 30 19:56:43 GMT 2026

जुम्ला । सडक डिभिजन कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत मात्र भएको छ । चालु आवका लागि सङ्घीय सरकारबाट रु ७४ करोड ३६ लाख १९ हजार बजेट विनियोजितमध्ये साउनदेखि चैतसम्म कार्यालयको हालसम्म पुँजीगत खर्च २६ प्रतिशत मात्र भएको सडक डिभिजन कार्यालय जुम्लाका नि. प्रमुख श्रवणकुमार महताराले जानकारी दिए ।

यो आवमा सडकका २२ वटा योजना बोलपत्र भई कार्यान्यवन गर्नेका लागि सम्झौता भई अहिले काम धमाधम भइरहेका छन् । कार्यालयको जुम्लालगायत कालिकोट र मुगु जिल्लामा कार्यक्षेत्र रहेको छ । राराताल जाने नाग्म–गमगढी सडकको कालोपत्र गर्ने यहाँको नाग्मदेखि हिमा गाउँपालिकाको देवारगाउँसम्मको करिब १५ किलोमिटर सडकको कालोपत्र गर्न ठेक्का आह्वान गरिएको कार्यालय प्रमुख महताराले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)