सार्वजनिक बिदामा ओपिडी खोल्ने निर्णयप्रति चिकित्सक संघको आपत्ति, निर्णय फिर्ता लिन माग
ratopati.com · Thu Apr 30 20:07:07 GMT 2026

काठमाडौँ । नेपाल चिकित्सक संघले सार्वजनिक बिदाका दिन पनि सरकारी अस्पतालहरूमा बहिरंग विभाग (ओपिडी) सेवा सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको अनुरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयको उक्त निर्णय अव्यवहारिक र अवैज्ञानिक भएको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ ।
मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) र बुद्ध जयन्तीको बिदाको दिन पनि देशभरका सबै सरकारी अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न अनुरोध गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)