गणतन्त्रवादी र राजावादी दुवै सडक आन्दोलनमा
rajdhanidaily.com · Mon Mar 10 23:08:31 GMT 2025

काठमाडौं । अहिले संवैधानिक राजसंस्था र राजा फर्किने चर्चाले राजनीति तातेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजसत्तामा फर्काउन एक पक्ष आन्दोलित हुँदैगर्दा अर्को पक्ष संविधान र गणतन्त्रको रक्षाका लागि सडक आन्दोलनमा उत्रिँदै छ । राजा ल्याउनुपर्ने र राजा ल्याउन नहुने दुवै पक्ष सडकमा उत्रिन थालेपछि राजनीति कता जाने भन्ने चासो र चिन्ता बढेको छ ।
राजनीतिक दलहरू सोमबार आन्दोलनका आगामी रणनीति’boutकै छलफलमै व्यस्त भए । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठक छुट्टाछुट्टै बसेको थियो । आ–आफ्नो पार्टी कार्यालयमा बसेको छुट्टाछुट्टै बैठकका तीन निष्कर्ष मिल्दाजुल्दा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)