जर्मन बुन्डेसलिगाको उपाधि बायर्नलाई
Ujyaaloonline.com · Sun May 28 00:33:06 GMT 2023
काठमाण्डाै - बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलको उपाधि जितेको छ । हिजो भएको अन्तिम लिग खेलमा कोल्नलाई २–१ गोलले हराउँदै बायर्न च्याम्पियन बनेको हो । बायर्नले लगातार ११औँ पटक बुन्डेसलिगाको उपाधि जित्न सफल भयो ।
बायर्न सन् २०११/१२ को सिजनपछि लगातार च्याम्पियन हुँदै आएको छ । बायर्नको यो ३२औँ बुन्डेसलिगा उपाधि पनि हो । खेलको आठौँ मिनेटमा किङ्सले कोम्यानले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ८१औँ मिनेटमा कोल्नका डेजानले गोल गरेपछि १–१ गोलको बराबरी भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)