११ वर्षअघि ससुराको हत्या गरी फरार दुई प्रतिवादी पक्राउ
ratopati.com · Tue Jun 16 12:04:50 GMT 2026

सप्तरी । सप्तरी प्रहरीले ११ वर्षअघि एक व्यक्तिको अपहरणपछि हत्या गरेको आरोपमा लामो समयदेखि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले अपहरण गरी मारेको कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–९ बस्ने ६९ वर्षीय दाउद मियाँ र सिरहाको लहान नगरपालिका–१९ बस्ने ६० वर्षीय नासिर भन्ने बसिर मियाँ रहेका छन्। दाउदलाई सुरुङ्गा–९ बाट जेठ २४ गते र नासिरलाई सप्तरीकै बलानबिहुल गाउँपालिका–१ बाट जेठ ३१ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)