विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
ratopati.com · Thu Jun 04 09:03:41 GMT 2026

काठमाडौँ । विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन गर्न गठित कार्यदलले काम सुरू गरेको छ । कार्यदलले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष पुनरावलोकन गर्न योजनाबद्धरूमा कार्यारम्भ गरेको हो ।
राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को गत वैशाख ११ गते शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको ९८ औँ बैठकले काठमाडौँ विश्वविद्यालयको ‘स्कुल अफ एजुकेसन’ का डीन प्राडा बालचन्द्र लुइँटेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । शैक्षिक वर्ष २०८० देखि राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ को पाँच वर्षे चक्र पूरा भएकाले पनि त्यसमा पुनरावलोकन गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)