समस्याग्रस्त घोषणा सहकारी पुन: सञ्चालन गर्न सकिने कार्यविधि जारी
kendrabindu.com · Tue Jun 16 12:04:21 GMT 2026

काठमाडौं । सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी संस्था तथा संघलाई पुन: सञ्चालन गर्न सकिने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले फिर्ता गर्न बाँकी रहेको बचतको ६० प्रतिशत रकम जम्मा गरेको खण्डमा संस्था पुन: सञ्चालन गर्न सकिने व्यवस्था गरेको हो ।
समितिले समस्याग्रस्त संस्था वा संघको पुनर्संरचना तथा व्यवस्थापन कार्यविधि २०८३ जारी गर्दै उपयुक्त कार्ययोजना सहित लगानी गर्न चाहने व्यक्तिले संस्था पुन: सञ्चालन गर्न सक्ने व्यवस्था गरेको हो । कुनै समस्याग्रस्त संस्था वा संघले पुन: संरचना गरी सञ्चालन गर्न चाहे समिति समक्ष अनुरोध गर्न सकिने व्यवस्था कार्यविधिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ