विपद्मा परी ४० दिनमा ७० जनाको मृत्यु
baahrakhari.com · Sat May 23 16:41:29 GMT 2026

काठमाडौं । ०८३ साल वैशाखयता शनिबार (जेठ १०)सम्म भएका एक हजार ३४२ विपद्जन्य घटनामा देशभर गरेर ७० जनाले ज्यान गुमाएका छन् । पछिल्लो ४० दिनमा उक्त घटना भएको र ३३३ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार, सबैभन्दा बढी लेक लागेर १६, चट्याङबाट १४, आगलागीमा परी ११ जनाले ज्यान गुमाएका छन् । हुरीबाट नौ, जनावरको आक्रमणमा आठ, सर्पदंशबाट पाँच, पहिरोमा परी दुई, डुंगा पल्टिएर दुई र डढेलो, बाढी र हिउँपहिरोमा परेर एक/एकजनाको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)