हालान्डको पाँच गोलमा सिटी च्याम्पियन्स लिगको अन्तिम आठमा
ekantipur.com · Wed Mar 15 00:54:53 GMT 2023
काठमाडौँ — इर्लिङ हालान्डले नयाँ कीर्तिमान रच्दै पाँच गोल गरेपछि म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार आरबी लाइपजिगलाई ७–० ले हराएको छ । यससँगै समग्रमा ८–१ को अग्रता लिँदै सिटी प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ ।
नर्वेली २२ वर्षीय हालान्डले यस सिजन सबै प्रतियोगितामा गरेर ३९ गोल गरिसकेका छन् । उनी युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा ३० गर्ने सबैभन्दा कान्छा खेलाडी पनि भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)