मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग सचेत रहन टेलिकमको अनुरोध

barnanmedia.com · Tue Jun 16 12:03:55 GMT 2026

नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट-आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक एसएमएस पठाउने गतिविधि भइरहेको पाइएकाले सचेत रहन नेपाल टेलिकमले अनुरोध गरेको छ।

यस्ता सन्देशमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।नेपाल टेलिकमले ग्राहकहरुलाई यस्ता एसएमएस फोन कल तथा शंकास्पद लिंकप्रति सचेत रहन अनुरोध गरेको हो।

कुनै पनि लिंक प्रयोग गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरण सुरक्षित राख्न समेत कम्पनीले अनुरोध गरेको छ।

अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्न, ओपीटी, पासवर्ड, पिन, सीभीभीलगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्न र बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्न समेत कम्पनीले सुझाव दिएको छ।

शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थालाई तत्काल जानकारी गराउन समेत टेलिकमले अनुरोध गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)