नदीजन्य पदार्थको राजस्वमा रजाइँ : गाउँपालिकाका तत्कालीन अध्यक्षसहित पदाधिकारीविरूद्ध मुद्दा
ratopati.com · Tue Jun 16 12:18:32 GMT 2026

काठमाडौँ । नदीजन्य पदार्थको उत्खननबाट प्राप्त हुने राजस्व रकम राज्यकोषमा दाखिला नगरी हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको बडीकेदार गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्दसहितका पदाधिकारीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आर्थिक वर्ष २०७७/७८ मा ठूलीगाड र कापडीगाडको बगर क्षेत्रबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खननको ठेक्कामा मिलेमतो गरी राज्यलाई १४ लाखभन्दा बढीको नोक्सानी पुर्याएको भन्दै २०८३ असार २ गते आरोपपत्र दायर गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)