मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राहदानी प्रकरणमा महानिर्देशक अर्याल र निर्देशक केसीलाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति

canadanepal.com · Tue Jun 16 12:15:40 GMT 2026

काठमाडौँ - विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइराला सम्मिलित इजलासले सोमबारदेखि लागू हुने गरी उक्त अनुमति दिएको अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिएका छन् ।

राहदानी छपाइसम्बन्धी विषयमा भ्रष्टाचारजन्य कसुरको अनुसन्धान अघि बढाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले दुवै अधिकारीलाई थप समय हिरासतमा राख्न माग गर्दै विशेष अदालतमा निवेदन दिएको थियो ।

अदालतको अनुमतिसँगै अनुसन्धान निकायलाई आवश्यक छानबिन प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)