मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’

barnanmedia.com · Thu Apr 30 23:19:41 GMT 2026

काठमाडौँ, १८ वैशाख : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘उभौली पर्वले हामी सबैलाई प्रकृतिको संरक्षण र संवर्द्धन गर्नका साथै सबै नेपाली जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ भनी कामना गर्नुभएको छ ।

उहाँले आज उभौली पर्वका अवसरमा किरात समुदायलगायत सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै कामना गर्नुभएको हो । प्रकृतिसँगको सहअस्तित्व, ऋतु परिवर्तनको स्वागत तथा सामूहिक एकताको प्रतीकका रूपमा मनाइने उभौली पर्वले हाम्रो मौलिक संस्कृति र परम्पराको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ । उहाँले यस पर्वले प्रकृतिप्रतिको प्रेम एवं सम्मान, सामूहिकता र श्रमप्रतिको आदरलाई अझ सुदृढ बनाउने गरेको पनि बताउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)