राज्यले श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित गर्नुपर्छः अध्यक्ष दाहाल
barnanmedia.com · Thu Apr 30 23:21:00 GMT 2026

काठमाडौँ, १८ वैशाख : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिक वर्गका लागि राज्यले सामाजिक सुरक्षा, बीमालगायत लोककल्याणकारी सेवाको नीतिगत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं प्रगतिका साथै सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै सो आवश्यकता औँल्याउनुभएको हो । गणतान्त्रिक व्यवस्थामा श्रमिक वर्गलाई रोजगारी, सुरक्षा र सम्मानजस्ता आधारभूत पक्षमा राज्यले कुनै कमी हुन नदिन राज्यले सामाजिक सुरक्षा, बीमालगायतका लोककल्याणकारी सेवाको नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)