‘यानी माया’ को सुटिङमा पनि बाढी प्रभावितलाई माया नमार्ने पल
kalakarmi.com · Tue Sep 08 11:33:56 GMT 2026

काठमाडौं– अभिनेता पल शाह पछिल्लो समय अभिनयसँगै बाढी प्रभावितको सहयोगमा पनि सक्रिय देखिएका छन् । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भएको ठूलो जनधनको क्षति भएपछि अभिनेता शाह आफ्नो सामाजिक संस्था ‘हामी छौँ फाउन्डेसन’ मार्फत राहत तथा सहयोग लिएर प्रभावित क्षेत्रमा पुगेका थिए ।
बाढीपछि उनी राहत सामग्री बोकेर प्रभावित क्षेत्रमा पुगेका मात्र थिएनन्, प्रत्यक्ष रूपमा पीडितहरूसँग भेटेर उनीहरूको अवस्था र समस्या पनि बुझेका थिए । केही दिन प्रभावित क्षेत्रमै बसेर उनले बाढीपीडितलाई आवश्यक सहयोग गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)