मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

परेवाभीर खुले पनि कृष्णभीर र तुइन खोलाले बढायो राजमार्गको चुनौती

annapurnapost.com · Tue Sep 08 11:29:41 GMT 2026

धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको फुर्केखोला र मलेखु बजारबीच पर्ने परेवाभीर खण्डमा दुईतर्फी सवारीसाधन सञ्चालनमा आएका छन्। बाढीले क्षतिग्रस्त सडक मर्मत गरी सवारी सञ्चालनमा ल्याइएपछि धादिङतर्फको राजमार्ग आवागमनमा केही सहजता आएको छ। यद्यपि, राजमार्गका अन्य संवेदनशील खण्डमा समस्या कायमै रहेकाले समग्र आवागमन भने अझै चुनौतीपूर्ण छ।

भदौ १० गते त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त परेवाभीर सडकमा थुप्रिएको अवरोध हटाएर मर्मत गरिएको हो। मर्मतका लागि शनिबार, आइतबार र सोमबार बिहानदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द गरिएको थियो। मर्मत सम्पन्न भएपछि सोमबार रातिदेखि उक्त खण्डमा दुईतर्फी सवारी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी प्रकाश दाहालले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)