बजेट शक्तिकेन्द्र वरिपरि छरिएको सत्तारुढ रास्वपा सांसदहरुको गुनासो
kendrabindu.com · Tue Jun 16 12:22:52 GMT 2026

काठमाडौं । बजेट शक्तिकेन्द्र वरिपरि छरिएको रास्वपा सांसदहरुको गुनासो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले गुनासो गरेका छन् । सिन्धुपाल्चोकबाट निर्वाचित रास्वपाका सांसढ भरत पराजुलीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले मुलुकका विद्यमान गम्भीर समस्या र भौतिक पूर्वाधारका क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले वायु प्रदूषणको भयावह अवस्था र जीर्ण सडक पूर्वाधारका विषयमा सरकारको ध्यानाकर्षण गराए। सांसद पराजुलीले नेपालमा वायु प्रदूषणका कारण वार्षिक करिव २६ हजार नागरिकको ज्यान गइरहेको र अर्थतन्त्रमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ६ प्रतिशत बराबरको क्षति भइरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
प्रतिनिधि सभा
काठमाडौँ