ललितपुर महानगरको आर्थिक पारदर्शीता सेवा शुभारम्भ
gorkhapatraonline.com · Tue Jun 16 12:28:04 GMT 2026

ललितपुर महानगरपालिकाले आर्थिक पारदर्शिता र छिटोछरितो सेवाका लागि प्रविधिमा आधारित “एलएमसी ई–चलान” शीर्षकको सेवा प्रारम्भ गरेको छ। महानगरका प्रमुख चिरीबाबु महर्जनले सवारी नियम उलङ्घन र फोहर जथाभावी फाल्नेका लागि तोकिएको जरिवाना क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न मिल्ने सेवाको शुभारम्भ गर्नुभएको हो।
उहाँले ललितपुर महानगरभित्र सवारीसाधन उपयोग गर्ने नागरिकहरुले सडक नियमको उल्लङ्घन गरेमा र जथाभावि फोहर फालेर सहरको सौन्दर्यमा प्रभावित गर्नेहरुले तिर्नुपर्ने जरिवाना खुसी, खुसी तिर्ने सुविधाका लागि “एलएमसी ई–चलान” असार १ गतेदेखि सुरु गरिएको बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)