पाँचथर जिप दुर्घटना : घाइते १० जनाको पहिचान खुल्यो
gorkhapatraonline.com · Fri Jun 05 11:36:06 GMT 2026

मेची राजमार्गअन्तर्गत पाँचथरका हिलिहाङ गाउँपालिका ६ भारपा सडक खण्डमा बलेरो दुर्घट्ना हुँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक अनिष कुमार कर्णका अनुसार घाइते सबैको पहिचान खुलेको हाे ।
दुर्घटनामा ताप्लेजुङको सिरिजंघा गाउँपालिका-२ की १५ वर्षीया ज्योति भट्टराई सिरिजंघा ७ की २५ वर्षीया पवित्रा भट्टराई, ११ वर्षीया समिक्षा भट्टराई, ५० वर्षीय दिपेश भण्डारी, पर्सा वीरगञ्ज महानगरपालिका-११ का ४२ वर्षीय मोहम्मद अन्सारी, सिरिजंघा गाउँपालिका-४ की ३८ वर्षीया देवीमाया भट्टराई, सिरहा लहान नगरपालिका-५ का २३ वर्षीय महेश कुमार कामात, रामेछापको गोकुलगंगा गाउँपालिका-१ का ३० वर्षीय युवराज सुनुवार, भारतको नागाल्यान्डकी २४ वर्षीया योङ्जोय सोन्याक र आसामकी २१ वर्षीया सोनिया मेस घाइते भएका हुन् । घाइतेमध्ये १५ वर्षीया ज्योती र २५ वर्षीया पवित्राको अवस्था केहि गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)