मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राष्ट्रपति रनिङ शिल्डः तेक्वान्दोमा मधेसले जित्यो दुई स्वर्णसहित ६ पदक

annapurnapost.com · Fri Jun 05 11:31:40 GMT 2026

सिमराः काठमाडौंमा जारी १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत तेक्वान्दो खेलमा मधेस प्रदेशले दुई स्वर्णसहित ६ पदक जितेको छ। सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको कभर्डहलमा शुक्रबार सम्पन्न खेलमा मधेसले दुई स्वर्ण, दुई रजत र दुई कास्य जितेको हो।

एथलेटिक्स अन्य खेलमा निराशाजनक नतिजा निकालेको मधेसका लागि तेक्वान्दोले भने राहत दिएको छ। मधेसको साख जोगाउने क्रममा बाराका समीर नेपाली र धनुषाकी खुशी ठाकुरले स्वर्ण जिते। समीरले ४५ केजी तथा खुशीले ५२ केजी तौल समूहमा स्वर्ण जितेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय