मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बीपी प्रतिष्ठानलाई एकीकृत प्रतिष्ठानमा नराखी छुट्टै विश्वविद्यालय बनाउन धरान उपमहानगरको आग्रह

swasthyakhabar.com · Thu Jun 04 09:04:49 GMT 2026

काठमाडौं - धरान उपमहानगरपालिकाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रस्तावित एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समावेश नगरी छुट्टै स्वास्थ्य विश्वविद्यालयका रूपमा विकास गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै पठाइएको पत्रमा सरकारले हालै तयार गरेको एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयकप्रति उपमहानगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उक्त विधेयकमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ सहित विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान खारेज गरी एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)

सम्बन्धित विषय