इन्डोनेसियामा ज्वालामुखी विस्फोट
canadanepal.com · Fri Jun 05 11:34:38 GMT 2026

जकार्ता- पूर्वी इन्डोनेसियाको सक्रिय ज्वालामुखी माउन्ट लेवोटोबी लाकी–लाकी शुक्रबार पटक–पटक विस्फोट हुँदा त्यस क्षेत्रको आकाशमा बाक्लो खरानी उडेकाले स्थानीय एयर पोर्टहरु बन्द गर्न बाध्य तुल्यायाएको अधिकारीहरूले बताएका छन् ।
फ्लोरेस टापुमा अवस्थित उक्त ज्वालामुखी शुक्रबार बिहान ११ः१५ बजे विस्पोट भएर २।५ किलोमिटर वरपरको क्षेत्रको हावामा धुँवा तथा खरानी फैलिएको राष्ट्रिय ज्वालामुखी विभागले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ । लेवोटोबी लाकी–लाकी ज्वालामुखी इन्डोनेसियाको दोस्रो उच्च सतर्क स्तरको ज्वालामुखि अन्तर्गत पर्दछ भने यसको क्रेटर वरिपरि पाँच किलोमिटर बहिष्करण क्षेत्र कायम गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)