मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कालिका मानवज्ञान लुम्बिनी प्रदेशकै उत्कृष्ट विद्यालयका रुपमा सम्मानित

kendrabindu.com · Tue Jun 16 12:44:47 GMT 2026

काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित कालिका मानवज्ञान माध्यमिक विद्यालय लुम्बिनी प्रदेशका सामुदायिक विद्यालयमध्ये प्रदेशकै उत्कृष्ट विद्यालयका रूपमा सम्मानित भएको छ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा मंगलबार आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ समारोहमा गुणस्तरीय शिक्षा, उत्कृष्ट शैक्षिक उपलब्धि, प्रभावकारी शैक्षिक व्यवस्थापन तथा विद्यार्थीको सर्वाङ्गीण विकासमा पुर्‍याएको उल्लेखनीय योगदानका आधारमा कालिका मानवज्ञानले उक्त सम्मान प्राप्त गरेको हो।

बुटवलको कालिका नगरमा अवस्थित यस विद्यालयले नेपालकै सर्वोत्कृष्ट शैक्षिक संस्थाको रूपमा आफ्नो पहिचानलाई थप उचाइमा पु¥याएको छ। सन् १९६१ मा स्थानीय बासिन्दा र भूपू सैनिकहरूको सक्रियतामा एउटा खुला मैदान र गोठबाट सुरु भएको यो विद्यालय आज देशकै सबैभन्दा धेरै विद्यार्थी भएको विद्यालयका रूपमा स्थापित छ।

हाल यो विद्यालय दुई सेक्टर कालिका नगर र रामनगरमा फैलिएको छ। ८,०८७ भन्दा बढी विद्यार्थीहरू अध्ययनरत हुनुले नै यस विद्यालयप्रतिको जनविश्वास कति प्रगाढ छ भन्ने प्रस्ट पार्छ।

विद्यालयले साधारण र प्राविधिक दुवै धारतर्फ शिक्षा प्रदान गर्दै आएको छ। साधारणतर्फ प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र कानुन संकायमा पठनपाठन हुन्छ भने प्राविधिकतर्फ कक्षा ९ देखि १२ सम्म कम्प्युटर इन्जिनियरिङ विषयमा विशेष पढाइ हुँदै आएको छ।

केन्द्रबिन्दुले शैक्षिक क्षेत्रमा अनुकरणीय कार्य गर्ने संस्थाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक रूपमा यो अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)

सम्बन्धित विषय