बाढी प्रभावित क्षेत्रमा ४ ड्रोनमार्फत खोजी र म्यापिङ सुरु, राहत खसाल्ने ‘पेलोड ड्रोन’ पठाउन र्यानको आह्वान
techpana.com · Fri Aug 28 10:47:55 GMT 2026

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा हवाई म्यापिङका लागि सरकारले चारवटा ड्रोन परिचालन गरेको छ । रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्यान) सँगको सहकार्यमा सरकारले बिहीबारदेखि ड्रोन परिचालन थालेको हो ।
बाढीका कारण सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भई मानिस अलपत्र परेकाले राहत र खाद्य सामग्री खसाल्न उच्च क्षमताका ‘पेलोड ड्रोन’ पठाउन र्यानले आह्वान गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)