मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राहदानी विभागका निर्देशक अर्याल र निर्देशक केसी चार दिन हिरासतमा राख्न अनुमति

kendrabindu.com · Tue Jun 16 12:55:32 GMT 2026

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसीलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बेलुका दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो। मंगलबार थप अनुसन्धानका लागि हिरासतमा राख्न आवश्यक रहेको भन्दै अख्तियारले दुई जनालाई विशेष अदालतमा उपस्थित गराएको हो।

विशेष अदालतले सोमबारदेखि लागू हुनेगरी चार दिन हिरासतमा राख्न अनुमति दिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्। राहदानी छपाइको ठेक्काको विषयमा भ्रष्टाचार भएको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेको छ। त्यही क्रममा अर्याललाई पक्राउ गरिएको हो।

यसअघि नै अख्तियारले राहदानी विभागबाट यससम्बन्धी कागजात नियन्त्रणमा लिइसकेको थियो। कागजात अध्ययन लगतै अर्यालसँग बयान लिन थालिएको अख्तियारले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)

सम्बन्धित विषय