नोरा फतेहीसँग एभिएसन कम्पनीले माग्यो ३ करोड क्षतिपूर्ति
kalakarmi.com · Tue Sep 08 12:26:56 GMT 2026

मुम्बई- बलिउड अभिनेत्री तथा नृत्यांगना नोरा फतेही नयाँ कानुनी विवादमा तानिएकी छन् । विमान सेवा कम्पनी ड्युन्स एभिएसनले नोरा फतेहीविरुद्ध ३ करोड भारतीय रुपैयाँ क्षतिपूर्तिको माग गर्दै गुजरातको गान्धीनगरस्थित अदालतमा मानहानिको मुद्दा दायर गरेको हो ।
कम्पनीले सामाजिक सञ्जालमा नोरा फतेहीले आफ्नो चार्टर्ड विमानलाई लिएर गरेको टिप्पणीका कारण कम्पनीको प्रतिष्ठा र व्यवसायमा क्षति पुगेको दाबी गरेको छ । उक्त मुद्दामाथि आगामी सेप्टेम्बर २५ गते वरिष्ठ सिभिल न्यायाधीश आर। अग्रवालको इजलासमा सुनुवाइ हुने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)