वैदेशिक रोजगारीमा जान ११ महिनामा ७ लाख २२ हजारभन्दा बढीले लिए श्रम स्वीकृति
baahrakhari.com · Tue Jun 16 13:14:52 GMT 2026

काठमाडौं । गएको जेठ महिनामा वैदेशिक रोजगारीमा जान ६१ हजार ७२ जनाले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा ५३ हजार ६९८ जना पुरुष र ७ हजार ३७४ जना महिला छन् ।
वैदेशिक रोजगार विभागका अनुसार योसँगै चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिना अर्थात २०८२ साउन १ गतेदेखि २०८३ जेठ मसान्तसम्मको अवधिमा कुल ७ लाख २२ हजार ८३४ जना नेपालीले श्रम स्वीकृति लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ