मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमतीमा कांग्रेसले नै ढाल्ने भयाे आफ्नै सरकार, लामाले के गर्लान्?

barnanmedia.com · Tue Jul 29 21:36:41 GMT 2025

बागमतीमा नेपाली कांग्रेसले आफ्नै नेतृत्वकाे सरकार ढाल्ने भएकाे छ। कांग्रेस र एमाले गठबन्धनबाट गत वर्ष मुख्यमन्त्री बनेका बहादुरसिंह लामा तामाङ संसदीय दलकाे नेताबाट हटेसँगै नयाँ सरकार गठनकाे गृहकार्य भइरहेकाे छ। कांग्रेसकै सांसदहरूले अविश्वासकाे प्रस्ताव दर्ता गरेपछि मंगलबार भएकाे मतविभाजनमा लामा अल्पमतमा परेसँगै अब बुधबार नयाँ नेताका लागि चुनाव हुँदैछ नयाँ नेतामा इन्द्रबहादुरबहादुर बानियाँ भिड्दैनछन्, बागमती सभापतिसमेत रहेका बानियाँले नै अविश्वासकाे प्रस्तावकाे अगुवाइ गरेका थिए। सभापती शेरबहादुर देउवाले ग्रिन सिग्नल दिएपछि बानियाँ अगाडि बढेका थिए, र देउवाले खटाएका केन्द्रीय सदस्य राजेन्द्र केसी परिवेक्षकका रूपमा खटिएका छन्।

बानियाँ समूहले लामा संसदीय दलबाट हटेसँगै अब मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने बताइरहेकाे छ। तर, ३७ मध्ये २२ सांसद बानियाँतिर लाग्दा पनि लामाले राजिनामा दिन मानेका छैनन्, बरू गठबन्धनकाे सरकार रहेकाले आफू दलकाे नेता नभएकाे अवस्थामा पनि मुख्यमन्त्री बन्न पाउने र राजीनामा नदिने उनकाे अडान छ। त्यति मनत्र हाेइन लामा समूहले संसदीय दलमा बानियाँसँग भिड्न नयाँ पात्र पनि खाेजिरहेकाे छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)