प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबिच भेट
gorkhapatraonline.com · Sun Jun 29 17:39:29 GMT 2025

सेभिल्ला (स्पेन), असार १५ गते । संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबिच आज द्विपक्षीय शिष्टाचार भेटवार्ता भएको छ ।
स्पेनको सेभिल्लामा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै पर्यटन, जलवायु परिवर्तन, लगानी, जनता–जनताबिच सम्पर्कलगायत विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले समकक्षी साञ्चेजलाई नेपालको औपचारिक भ्रमणको निमन्त्रण दिँदै नेपालका स्पेनको दूतावास खोल्न आग्रह गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)