राष्ट्रिय विपद् व्यवस्थापन परिषद् बैठक : पूर्वसूचनालाई प्रभावकारी बनाइने
baahrakhari.com · Sun Jun 29 17:53:14 GMT 2025

काठमाडौं । राष्ट्रिय विपद् व्यवस्थापन परिषद्ले विपद् जोखिमलाई ध्यान दिँदै मौसम पूर्वानुमानपछिको पूर्वसूचनालाई प्रभावकारी बनाउने लगायतका आवश्यक सतर्कता अपनाउने निर्णय गरेको छ ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आइतबार सहरी विकास मन्त्रालयमा बसेको परिषद्को बैठकले केही दिनयता देशका धेरै स्थानमा भइरहेको वर्षापछिको सम्भावित जोखिमलाई ध्यान दिँदै उक्त निर्णय गरेको हो । परिषद् बैठकले जोखिम भएको ठाउँमा रातको समयमा सवारीसाधन नचलाउने, भारी वर्षा भएको समय र क्षेत्र वरपर सुरक्षित रहन स्थानीयवासीलाई सूचना प्रवाह गर्ने, स्थानीय एफएम र सामाजिक सञ्जालमार्फत मौसम बुलेटिन तथा सूचना प्रसारण गर्ने व्यवस्था मिलाउने र विपद् प्रभावित क्षेत्रमा ‘रिपोर्टिङ’को तत्काल व्यवस्था मिलाई विपद् प्रभावितलाई ‘रेस्क्यु’ गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)