नदी दोहनले तीन सय घरधुरी काकाकुल
nayapatrikadaily.com · Thu Mar 16 00:16:00 GMT 2023
झापाको दमक नगरपालिका र मोरङको मिक्लाजुङ गाउँपालिकाले ठेक्का लगाएर दोहन गरेपछि स्थानीय मावा नदी गहिरियो, एक करोड १३ लाखको लिफ्टिङ आयोजनामा पानी नचढ्दा गाउँमा हाहाकार
झापाको दमक नगरपालिका र मोरङको मिक्लाजुङ गाउँपालिकाले स्थानीय मावा नदीमा ठेक्का लगाएर ढुंगा–बालुवाको दोहन गरेपछि एक करोड १३ लाखमा निर्माण भएको खानेपानी लिफ्टिङ आयोजना उपलब्धिविहीन बनेको छ । ढुंगा–बालुवा दोहनले नदीको सतह गहिरिएपछि खानेपानी आयोजनाको सबवेलमा पानी नचढ्दा इलामको चुलाचुली गाउँपालिका– ५ का तीन सय घरधुरीमा खानेपानीको हाहाकार भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)