नेपाल–अमेरिका आर्थिक साझेदारीबारे अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच छलफल
newspolar.com · Fri May 01 10:40:05 GMT 2026

काठमाडाैँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ ।
शुक्रवार दिउँसो साढे तीन बजे अर्थ मन्त्रालयमा उहाँहरूबीच झण्डै २० मिनेट भेटवार्ता भएको हो ।
भेटमा नेपाल र अमेरिका बीचको आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको थियो ।
#अर्थमन्त्री स्वर्णिम वाग्ले
न्यूजपोलार
१८ बैशाख २०८३, शुक्रबार १६:२५
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)