मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मलेसियाको आन्तरिक पर्यटन ११.५ प्रतिशतको बृद्धि

arthadabali.com · Tue Jun 16 13:30:29 GMT 2026

मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । सरकारी तथ्याङ्कअनुसार आन्तरिक पर्यटक भ्रमण सङ्ख्या सन् २०२४ को २६ करोड एक लाखबाट बढेर सन् २०२५ मा २९ करोड एक लाख पुगेको हो ।

मलेसियाको तथ्याङ्क विभागले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार आन्तरिक पर्यटकको खर्च पनि १३ दशमलव छ प्रतिशतले बढेर १२१ दशमलव तीन अर्ब रिङ्गिट पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)