‘बसेपनि सहरः गाउँकै खाने रहर’
barnanmedia.com · Tue Jul 29 21:45:51 GMT 2025

यहाँको म्याग्दे गाउँपालिकाले अग्र्यानिक उत्पादन र उपभोगमा जोड दिन ‘बसेपनि सहर गाउँकै खाने रहर’ को नीति ल्याएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ मा लागू गर्ने नीति तथा कार्यक्रममा ‘बसेपनि सहर गाउँकै खाने रहर’ को नीतिअन्तर्गत अग्र्यानिक उत्पादन र उपभोगलाई जोड दिँदै कोदोको सेल, कोदोको मःमः, कोदोको बिस्कुट उत्पादन तथा बिक्री गरिने उल्लेख छ ।
नियमानुसार कोदोको रक्सी उत्पादन गर्नेलाई अनुदान सहायता प्रदान गर्ने नीति लिइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले स्थानीय कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने नीति लिइएको उल्लेख गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)